+
+
0 Shares

वाहिनीपति ट्रफि २०८३ सम्पन्न, उत्कृष्ट खेलाडी सम्मानित

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
635 views

वैशाख-१८ सिरहा।
सोनु मिश्र।

सिरहाको चोहर्वा स्थित रहेको नेपाली सेना श्री नं. २७ वाहिनी अड्डाद्वारा आयोजित “वाहिनीपति ट्रफि २०८३” प्रतियोगिता आज सम्पन्न भएको छ।

मिति २०८३ वैशाख ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता वैशाख १८ गते औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो।

समापन समारोहमा श्री नं. २७ वाहिनीका वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरे।

कार्यक्रममा सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिता र प्रतिस्पर्धात्मक खेल प्रदर्शनले प्रतियोगिता सफल भएको आयोजकले जनाएको छ।

उक्त ट्रफि अन्तर्गत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। समापन समारोहमा बोल्दै वाहिनीपति थापाले खेलकुदले सैनिकहरूको शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले आपसी सद्भाव र अनुशासन समेत मजबुत बनाउने बताए।

साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलाडी, आयोजक तथा सरोकारवालाप्रति उनले धन्यवाद व्यक्त गरेका थिए।