+
+
0 Shares

सिरहा बम विस्फोट प्रकरण: कानुनका विद्यार्थी गुमस्ता यादव जेल चलान, संलग्नता अझै अस्पष्ट

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
606 views


बैशाख -१८ सिरहा।
स्टार खबर ।

सिरहामा गत फागुन २७ गते भएको बम विस्फोट प्रकरणमा युवा कानुनका विद्यार्थी गुमस्ता कुमार यादवलाई पक्राउ गरी जेल चलान गरेको छ ।

फागुन २७ गतेमा सिरहा जिल्ला अदालत अगाडीमा रहेको बार एशोसिएसनको भुईँतल्लामा रहेको कामधेनु ल फर्ममा बम विस्फोट भएको थियो । सोही ल फर्ममा कार्यरत सुखिपुर नगरपालिका वडा नं. ३ लक्ष्मिनियाँ टोल बस्ने २९ बर्षिय गुमस्ता कुमार यादवलाई अनुसन्धान पश्चात पूर्वपक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बम विस्फोट भएपछि अनुसन्धानमा जुटेका सिरहा प्रहरीले सोही फर्ममा कार्यरत यादवलाई पक्राउ गरेको हो । यद्यपी, उनको संलग्नतालाई प्रष्टयाएका छैनन् भने परिवारजनले एमालेका नेताले फँसाएको आरोप लगाउँदै आएको छ ।