+
+
0 Shares

मरेवामा सम्पन्न ‘कमला महिमा’ संवाद यात्रा: संरक्षण र आध्यात्मिक महत्वबारे जनचेतना बढाउँदै अभियान

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
628 views

बैशाख -२० सिरहा।
रामनारायण ठाकुर

कमला बचाउ अभियानद्वारा प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको साप्ताहिक ‘कमला महिमा: आध्यात्मिक एवं पर्यावरणीय संवाद यात्रा’ सिरहाको कर्जन्हा नगरपालिका-७ स्थित मरेवामा सम्पन्न भएको छ।

ठुलो टोल मरेवास्थित कमला-सिताघाटमा आयोजना हुने कार्यक्रम प्रतिकूल मौसमका कारण स्थान परिवर्तन गरी मरेवा बजारस्थित छठघाट (पोखरी परिसर) मा सञ्चालन गरिएको थियो।
सो अवसरमा कमला आरती सम्पन्न गरिएको थियो।
स्थानीय अभियानी प्रभात महतोको अध्यक्षतामा तथा सिरहा क्षेत्र नं. ४ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश सभापतिको प्रमुख मा. तपेश्वर यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। गंगासागरका पण्डित अजय झाले धार्मिक विधिअनुसार कमला आरती सम्पन्न गरेका थिए।
कार्यक्रममा कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, बिनोद महरा, प्रभात महतो, बिनोद श्रेष्ठ, भोगिन्द्र साह, सुरेन्द्र यादव, रामभगत यादव, मनोज राय यादव, रामप्रमोद यादव, वडा अध्यक्ष रामसेवक यादव, पत्रकार तथा स्थानीय अभियन्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
संवाद यात्रामा कमला नदी संरक्षण, पर्यावरणीय सन्तुलन तथा यसको धार्मिक र सांस्कृतिक महत्वबारे विशेष छलफल गरिएको थियो। अभियानका संयोजक बिक्रम यादवले कमला नदीको स्वच्छता, संरक्षण र धार्मिक महत्वलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले हरेक शुक्रबार कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए।
यसै अवसरमा संयोजक यादवले नवनिर्वाचित संघीय सांसद ई. तपेश्वर यादवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गरी बधाईसमेत व्यक्त गरेका थिए।