+
+
0 Shares

विश्व वातावरण दिवसको अवसरमा श्री नन्दाबक्स गणद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

starkhabar Sonu Mishra
१८ घण्टा अगाडि
716 views

जेष्ठ -२२ सिरहा
सोनु मिश्र।

विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाको श्री नन्दाबक्स गणद्वारा सिरहा जिल्लाको गोलबजार नगरपालिका-९, गोविन्दपुर पाखरगाछस्थित रचना सामुदायिक वन क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

बिहान ७:३० बजेदेखि सञ्चालन भएको उक्त कार्यक्रममा सेनानी दीपक बस्नेतको नेतृत्वमा श्री नन्दाबक्स गणका सैनिक जवान, स्थानीय बासिन्दा तथा सरोकारवाला गरी करिब २५० जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न जातका फलफूल, छायाँदार तथा वातावरणीय दृष्टिले महत्वपूर्ण मानिएका करिब ५ हजार बिरुवा रोपिएको नेपाली सेनाले जनाएको छ। वृक्षारोपण अभियानले हरियाली प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ वातावरण निर्माण तथा चुरे क्षेत्र संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

नेपाली सेनाले वातावरण संरक्षण तथा प्राकृतिक स्रोतहरूको दीगो व्यवस्थापनका लागि यस्ता जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने जनाएको छ।