+
+
0 Shares

प्रहरीकै मिलेमतोमा विष्णुपुर क्षेत्रमा अवैध घरेलु मदिराको (भट्ठि) कारोबार फस्टायो

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
3023 views

असार-१७ सिरहा।
सोनु मिश्र।

सिरहाको इलाका प्रहरी कार्यालय विष्णुपुर अन्तर्गतका विभिन्न क्षेत्रमा अवैध रूपमा घरेलु मदिराको कारोबार (भट्ठि) फस्टाईरहेका
छन ।


खुलेआम मदिरा कारोबार भइरहँदा पनि सम्बन्धित निकायबाट कुनै प्रभावकारी कदम नचालिदा यो क्षेत्र हाल घरेलु मदिराको हब बन्दै गईरहेका छन। अबैध भठ्ठीको कारखाना सन्चालन हाल यस क्षेत्रमा करिब आधी दर्जन रहेका छन ।

स्थानीय बासिन्दाले उक्त क्षेत्रमा सन्चालित भठ्ठिको गन्ध देखि आजित भएका छन र बिगतमा उक्त घरेलु मदिरा खाएर मृत्यु भएका पनि खबरहरु छन। तर पनि यसप्रती स्थानीय प्रशासन चासो नलिनु नै आशंकाको बिषय रहेका छन।

खुला मदिरा बिक्री गरिरहेका एक ब्यवसायी सङ्ग यस विषयमा जिज्ञासा राख्दा,उनले भने प्रत्येक महिनामा हामी व्यपारीहरुले प्रहरीलाई ५ देखि १० हजार सम्म रकम बुझाउनुपर्ने आरोप लगाए ।
स्थानीय स्रोतका अनुसार सादा पोसाकका प्रहरी मार्फत रकम उठाउने गरिएको आरोप समेत लगाए ।

यस विषयमा इलाका प्रहरी कार्यलय बिष्णुपुरका इन्चार्ज (सई)लक्ष्मी प्रसाद यादवलाई जानकारी गराउदा अभद्र सैलीमा धम्कीपूर्ण भाषामा “ए जे गर्न मन लाग्छ गर्नु, हामीलाई केही फरक पर्दैन” भन्ने प्रतिक्रिया दिए।
खुल्ला अवैध मदिरा कारोबारको विषय मात्र नभई प्रहरी प्रशासनको निष्पक्षता र जवाफदेहितामाथि पनि गम्भीर प्रश्न उठ्ने देखिन्छ।
नोट :- रेकर्ड र प्रमाण सुरक्षित छ।