+
+
0 Shares

पत्रकार राहुल रायले गोलबजार–८ चोहर्वामा खोले पत्रकारिता कार्यालय

starkhabar Sonu Mishra
३ हप्ता अगाडि
605 views

साउन -२४ सिरहा

नेपाल न्यूज बैंकका सिरहा सम्पादक तथा पत्रकार राहुल रायले सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वामा पत्रकारिता तथा सञ्चारसम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यालय सञ्चालनमा ल्याएका छन्।

आइतबार आयोजित एक कार्यक्रमबीच पत्रकार रायकी आमा सुनिता देवी रायले उक्त कार्यालयको उद्घाटन गरेकी हुन्।
स्थानीय स्तरमा हुने गतिविधि, जनसरोकारका विषय, विकास निर्माण, सामाजिक समस्या तथा स्थानीय समाचारलाई प्राथमिकताका साथ उठान गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको पत्रकार रायले बताएका छन्।

चोहर्वामा कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकका समस्या, गुनासा तथा आवाजलाई सञ्चारमाध्यममार्फत सम्बन्धित निकायसम्म पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको छ।

पत्रकार रायले निष्पक्ष, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्दै स्थानीय तहका नागरिकका सवाललाई निरन्तर रूपमा सञ्चारमाध्यममा उठान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्तरमा सञ्चारमाध्यमको उपस्थिति बलियो हुँदा नागरिकका सवाल, सुशासन, पारदर्शिता, विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ।