+
+
0 Shares

साना कृषि सहकारीद्वारा स्वर्गीय सदस्यको परिवारलाई १५ लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

starkhabar Sonu Mishra
२ हप्ता अगाडि
678 views

असार २६ – सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिकास्थित साना किसान कृषि सहकारी संस्था, विष्णुपुरले आफ्ना सदस्य स्वर्गीय रामचन्द्र महतोको म्यादी जीवन बीमा बापतको १५ लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

आज (२०८३ असार २६ गते) आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष उपेन्द्रकुमार यादव र उपाध्यक्ष सुगा कुमारी महतोले स्वर्गीय महतोकी श्रीमती तथा संस्थाकी सहायक प्रबन्धक राम परी देवीलाई १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा संस्थाले सदस्यहरूको सामाजिक तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गरिएका बीमा कार्यक्रमहरू प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता योजनाले सदस्य तथा उनीहरूको परिवारलाई कठिन परिस्थितिमा महत्वपूर्ण आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सहकारी संस्थाले सदस्यहरूको हितलाई केन्द्रमा राखेर विभिन्न बचत, ऋण तथा बीमा सेवामार्फत सामाजिक सुरक्षामा योगदान पुर्‍याउँदै आएको जनाएको छ।