+
+
0 Shares

रसुवाको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहामा दीप प्रज्वलन

starkhabar Sonu Mishra
३ दिन अगाडि
931 views

भादौ-२२ सिरहा।
स्टार खवर।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहा जिल्ला भरीकै चौक बजारका क्षेत्रहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, विपद्का कारण प्रभावित तथा बेपत्ता भएका नागरिकहरूको शीघ्र उद्धार र खोजी कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

दीप प्रज्वलनमार्फत मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाइएको छ।