+
+
0 Shares

सिरहा भन्सारमा ट्याक्सी प्लेटका गाडीलाई ‘छुट पुर्जी’ : विभाग भन्छ- नियमविपरीत

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
925 views

असोज -७सिरहा।
स्टार खबर।

सिरहा भन्सार कार्यालयबाट ट्याक्सी प्लेटमा दर्ता भएका सवारीसाधनलाई नियमविपरीत सुविधा तथा ‘छुट पुर्जी’ दिने गरिएको पाईएको छ।

भन्सारको नियमित प्रक्रिया र राजस्व असुली सम्बन्धी व्यवस्था माथि प्रश्न उठाउँदै यस्तो सुविधा कसरी र कुन कानुनी आधारमा दिइयो भन्ने विषयमा निकाय मौन रहेको छ ।

सिरहाको रमौल बाट दैनिक तीन वटा भारतीय नम्बरको ट्याक्सी प्लेटको गाडी सवारी ओसारपसार गर्दा दिन्हु छुट पुर्जी सिरहा भन्सार कार्यालयले सहजै उपलब्ध गराउदै आएको छ । केही दिन यता उक्त गाडीलाई सुबिधामा रोक लगाए पछि कुन हिसाबले पुन: छुट पुर्जी प्रदान गरेको भन्ने बिषयमा प्रश्न उठेको छ ।

सिरहा भन्सार कार्यालयका सूचना अधिकारी बिमल श्रेष्ठलाई प्रश्न गर्दा ट्याक्सी प्लेटको चार पाङ्ग्रे सवारी साधन (दैनिक पेसिन्जर ओसारपसार गर्ने गाडी) लाई सुबिधा(छुट पुर्जी) दिन नमिल्ने नियम त छैन तर पनि हामीले पुर्जी उपलब्ध गराउदै आएको तर्क दिएका छन ।

यता भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी श्री किशोर बर्तौलाका अनुसार ट्याक्सी प्लेट नम्बर भएको सवारी साधनलाई सुबिधा ( छुटपुर्जी) दिन नमिल्ने बताएका छन । यो कार्य नियम बिपरित रहेकोले यस्ता काम नगर्न निर्देशन दिएको बताएका छन ।

सिरहा भन्सारका प्रमुख प्रमोद दासले यस बिषयमा हामी खोजी नीति भैरहेको बताएका
छन् ।