+
+
0 Shares

सिरहा:विष्णुपुरमा आगलागीपीडित परिवारलाई रास्वपाको राहत सहयोग

starkhabar Sonu Mishra
२ हप्ता अगाडि
762 views

असोज-२४सिरहा।
स्टार खबर।

सिरहाको विष्णुपुर गाउँपालिका-४ थल्हा बथान टोलमा आगलागीबाट पीडित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका कमिटीले राहत सामग्री सहयोग गरेको छ।

रास्वपा विष्णुपुर गाउँपालिका टिमले आगलागीबाट प्रभावित वीरेन्द्र यादवको परिवारलाई खाद्यान्न, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको बिष्णुपुरका रास्वपाका युवा नेता उपेन्द्र यादवले बताए।

गत असोज २२ गते राति विद्युको तार सर्ट भएर आगलागी हुँदा ४७ वर्षीय यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गाईगोठ तथा भान्सा घरमा क्षति पुगेको थियो।

आगलागीमा परी तीनवटा पशुको जलेर मृत्यु भएको थियो भने घरमा रहेका अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका थिए।
उक्त आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
आगलागीका कारण घरायसी सामग्रीसहित पशुधनसमेत गुमाएको पीडित परिवारलाई दैनिक जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो।

आगलागीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री सहयोग गरिएसँगै विपद्का बेला पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता रहेको देखिएको छ।