+
+
0 Shares

सिरहामा ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

starkhabar Sonu Mishra
६ दिन अगाडि
936 views

असोज ३० सिरहा।
सोनु मिश्र।

सिरहामा ७१औँ प्रहरी दिवस-२०८३ को अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा शुक्रबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अमर प्रहरीको शालिकमा पुष्पहार तथा पुष्पगुच्छा अर्पण गरी कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अमर प्रहरी परिवारका सदस्यहरू, पूर्वप्रहरी कर्मचारीहरू, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीहरू तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रहरी दिवसले प्रहरी संगठनको कर्तव्यनिष्ठा, समर्पण र बलिदानको स्मरण गराउँदै शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्रति थप प्रतिबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।