+
+
0 Shares

सिरहाको विष्णुपुरमा विद्युत् सर्ट भएर आगलागी, तीन पशुको मृत्यु

starkhabar Sonu Mishra
२ हप्ता अगाडि
842 views

असोज-२३सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिका-४ थल्हा बथान टोलमा विद्युत्को तार सर्ट भएर आगलागी हुँदा तीनवटा पशुको जलेर मृत्यु भएको छ।

आगलागीबाट घर, अन्नपात तथा भाँडाकुँडा जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १ः३० बजे स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गाईगोठ तथा भान्सा घरमा आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
राती करिब २ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीमा परी एउटा भैँसी र दुईवटा गोरुको जलेर मृत्यु भएको छ। साथै घरभित्र रहेको अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।
उक्त घटनाबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।