+
+
0 Shares

प्र.ना.नि. विश्वबाबु बुढाथोकी बने‘Police of the Month’

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
1114 views

असोज-१० सिरहा।
सोनु मिश्र।

जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८३ साल भदौ महिनाका लागि प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) विश्वबाबु बुढाथोकीलाई ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषणा गरेको छ।

इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा कार्यरत बुढाथोकीले नेपाल प्रहरीले निर्दिष्ट गरेको नीति, निर्देशन तथा संगठनको मूल्य–मान्यतालाई शिरोधार्य गर्दै उच्च व्यावसायिकता र नैतिक अनुशासनका साथ जिम्मेवारी निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उहाँले कटारी क्षेत्रको अपराध नियन्त्रण तथा रोकथाममा प्रभावकारी भूमिका निर्वाह गर्दै विभिन्न अपराधमा संलग्न व्यक्तिहरूको खोजी तथा कानुनी कारबाहीमा सक्रियता देखाउनुभएको जनाइएको छ। साथै स्थानीय तह तथा समुदायसँग समन्वय गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमार्फत अपराध न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यालयको प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका कार्यमा समेत जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै उत्कृष्ट योगदान पुर्‍याएको मूल्याङ्कनका आधारमा बुढाथोकीलाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषणा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले बुढाथोकीको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै सम्मानित गरेको प्रमाणपत्रमा उल्लेख छ।

उत्कृष्ट कार्यसम्पादनका लागि प्र.ना.नि. विश्वबाबु बुढाथोकीलाई हार्दिक बधाई तथा आगामी जिम्मेवारीका लागि शुभकामना।